पालुङटारमा कुटपिटबाट ३५ वर्षीय विकको ज्यान गयो

गोरखा l पालुङटार नगरपालिका–५ धरमपानीका ३५ वर्षीय बुुद्धिबहादुर विकको कुटपिटबाट मृत्यु भएको छ ।

विक बेहोस अवस्थामा भेटेपछि प्रहरीले उपचारका लागि आँपपिपल अस्पताल पुर्‍याएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए ।

Advertisement

‘शरीरमा नीलडाम देखिएको छ, यस बारेमा थप अनुसन्धान गर्दैछौँ,’ उनले भने । घटनामा संलग्न भएको आशंकामा ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

More News last news
Loading...