आज घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । साताको छैटौँ दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ पुनः उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ५ सयले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको मूल्य आज ७०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुनको भाउ प्रतितोला ६८ हजार ८०० रुपैयाँ रहेको छ ।

Advertisement

बिहीबार, छापावाल सुन प्रतितोला ९६ हजार ६ सय र तेजावी सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेको छ । बुधबार प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

More News last news
Loading...