काठमाडाैं l श्रीलङ्काका पूर्वराष्ट्रपति गोटबाय राजापाक्षलाई थाइल्याण्डले कुनै समस्या नपुर्याउने शर्तमा अर्को देशमा स्थायी शरण खोज्न अस्थायी रुपमा थाइल्याण्डमा बस्न अनुमति दिएको छ ।
“श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्डमा स्थायी शरण खोज्न अस्थायी रूपमा बस्नेछन्,” थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले भने ।
“यो मानवीय मुद्दा हो । हामीले यो अस्थायी बसाइ हो भनेर प्रतिज्ञा गरेका छौं । कुनै पनि राजनीतिक गतिविधिलाई अनुमति दिइएको छैन, र यसले उनलाई शरण लिनको लागि एक देश खोज्न मद्दत गर्दछ,” चान–ओ–चालाई उद्धृत गरी लेखिएको समाचारमा उल्लेख छ ।
थाइल्याण्डका विदेशमन्त्री डन प्रमुदविनाईले अपदस्थ राष्ट्रपति अझै पनि कूटनीतिक राहदानीधारी भएकाले ९० दिन थाइल्याण्डमा बस्न सक्ने बताएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
