काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका नेता अजित क्षेत्री अधिकारीले स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नं १ (क) मा उम्मेदवारी दिने तयारी थालेका छन् ।
स्याङ्जा क्षेत्र नं १ बाट लोकप्रिय मतसहित दोश्रो नम्बरमा महाधिवेशन प्रतिनिधिमा बिजयी भएका अधिकारी नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सदस्य समेत हुन् । युवापुस्तामाझ निकै लोकप्रिय रहेका क्षेत्री गाउँगाउँस्तरका जनताहरुमाझ पनि त्यतीकै लोकप्रिय छन् ।
क्षेत्रीले नयाँपुस्तासँग कुरा गर्दै भने,‘निर्वाचन घोषणा भएसँगै प्रदेश सभामा मेरो उम्मेदवारी स्वभाविक हो, विगतको निर्वाचनमा कांग्रेसले गुमाएको यस क्षेत्रमा म उम्मेदवार बन्दै गर्दा कांग्रेसलाई जिताउन सक्छु भन्ने लागेर उम्मेदवारी दिने तयारी थालेको हु।’
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिमा होमिएका क्षेत्रीले लामो समयसम्म नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्षको रुपमा समेत काम गरेका थिए । हाल क्षेत्री नेपाली कांग्रेस गण्डकी प्रदेस कार्यसम्पादन समिती सदस्यको जिम्मेवारीमा समेत रहेका छन् ।
कांग्रेसभित्र अबको जनजिबिका, आर्थिक समृद्धि, सुशासन लगायतका एजेन्डा र नेतृत्वदायी निर्णयक तहमा युवाको प्रभाकारी उपस्थितिको लागि ‘गण्डकी प्रदेश स्तरीय युथ टेबल’ आयोजना गर्नका लागि सम्भाबित एजेण्डा र कार्यक्रमको प्रभाबकारिता लगायतको बिषयमा खुला छलफलको प्रस्ता समेत अगाडी बढाएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
