पेट्रोलियम पदार्थको मूल्य एकैपटक ५१ प्रतिशत भन्दा धेरैले बढ्यो !

काठमाडौँ । बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्य एकै पटक ५१ प्रतिशत भन्दा धेरै बढेको छ।

बंगलादेश सरकारले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य ५१ दशमलव ७ प्रतिशतले बढाएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ।

Advertisement

यो वृद्धि सन् १९७१ मा देश स्वतन्त्र भएपछिको सबैभन्दा धेरै हो। ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले जारी गरेको मूल्य सूचनाअनुसार एक लिटर पेट्रोलमा ४४ टाकाले बढेर एक सय ३० टाका पुगेको छ।

यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय १४ टाका कायम भएको छ । सरकारले अहिले पेट्रोलियम पदार्थमा दिइरहेको सहुलियतको बोझ कम गर्न मूल्यबृद्धी गर्नुपरेको बताएको छ।

More News last news
Loading...