नेपाली कांग्रेस स्याङ्जाका प्रभावशाली युवा नेता बिष्णु पौडेलले स्वर्गिय कमल पंगेनीको योगदानको बारेमा चर्चा गरेका छन्।
उनले उहाँ नहुँदा अभाव खड्किएको बताएका छन् । पौडेल मोले सामजिक सञ्जालमा आफ्नो कुरा व्यक्त गरेका छन्।
कमल अंकल प्रति श्रद्धासुमन । वहाको प्राथिव शरीर यस संसारबाट बिदाई भएको पनि ४ बर्ष भएछ । यस दौरानमा मैले वँहाको अभाव प्रत्येक दिन महशुस गरेको छु ।
आज जिल्लामा सवैलाई एकृकित गर्दै सामूहिकताको भावनाबाट अगाडि बढनका लागि प्रेरणा दिने व्यक्तिको अभाव खडकिएको छ । हाम्रा आन्तरिक मतभेद र फरक बुझाईलाई समझदारीमा रुपान्तरण गर्न सक्ने सक्षम नेतृत्वको खडेरीले पनि वँहाको कौशलता र समन्वयकारी भूमिकालाई सम्झाई रहेको छ ।
कमल अंकलको राजनैतिक आर्दश, मूल्य मान्यता र सवल पक्षहरुलाई आत्मसात गर्दै नेपाली कांग्रेसमा आवद्ध हामी सबै हार्दिकताका साथ एकताबद्ध ढंगबाट अगाडि बढेर संघ र प्रदेशको निर्वाचनमा पार्टीका उम्मेदवारलाई अत्याधिक बहुमतका साथ बिजयी गराउनु नै वँहा प्रतिको सच्चा श्रद्धान्जली हुनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
