चीनमा हिमालयन र बीओकेले जिते १० वर्षपछि मुद्दा, पाउने भए डेढ अर्ब

हिमालयन बैंक र बैंक अफ काठमाण्डौले करिब १० वर्षपछि मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीमा फसेको पैसा फिर्ता पाउने भएका छन्। करिब १० वर्षपछि यी बैंकहरुले चीनमा मुद्दा जितेसँगै डेढ अर्ब बढी रकम फिर्ता पाउने भएका हुन्।

बैंक जमानतको रकम फिर्ता नहुँदा दुई बैंककको डेढ अर्ब रुपैयाँभन्दा बढी रकम फसेको थियो। शुक्रबार चाइनाको सर्वोच्च अदालतले नेपाली बैंकको पक्षमा फैसला गरेसँगै अब चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको पैसा फिर्ता गर्नुपर्ने भएको छ।

Advertisement

मेलम्ची जमानतको रकम भुक्तानी भएलगत्तै बैंक अफ काठमाण्डूले ६६.२५ लाख अमेरिकी डलर अर्थात करिब १ अर्ब र हिमालयन बैंकले करिब ७० करोड रुपैयाँ फिर्ता पाउने छ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई काउन्टर ग्यारेन्टी दिएको थियो।

तर नेपाली कम्पनीले चिनियाँ ठेकदारलाई भुक्तानी दिएपनि चाइना कन्स्ट्रक्सन बैंकले बैंक ग्यारेन्टी वापत नेपाली बैंकलाई भुक्तानी दिएको थिएन। अदालतको फैसलासँगै अब यी दुई बैंकले काउन्टर ग्यारेन्टिबापतको रकम फिर्ता पाउने भएका हुन्।

More News last news
Loading...