आज घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । आज साताको तेस्रो दिन (मंगलबार) सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ।

आज छापावाल सुन तोलामा ९५ हजार ६ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Advertisement

हिजो सोमबार छापावाल सुन ९५ हजार ४०० र तेजावी सुन ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै आज तोलामा १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...