काठमाडौँ । आज साताको दोस्रो दिन (सोमबार) नेपाली बजारमा सुनको घटेको छ।
आइतबार तोलामा २ सय रुपैयाँले बढेको सुनको भाउ आज ४०० रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
आइतबार छापावाल सुन तोलाको ९५ हजार ८ सय र तेजावी सुन प्रतितोला ९५ ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
