कास्कीमा सबैभन्दा धेरै वर्षा, पोखराका अधिकांश क्षेत्र डुबानमा

पोखरा । गएको २४ घण्टामा कास्कीमा सबैभन्दा धेरै वर्षा भएको छ । अत्यधिक वर्षासँगै पोखराका अधिकांश क्षेत्रहरु डुबानमा परेका छन् ।

गएको २४ घण्टामा कास्कीको लामपाटनमा रहेको मापन केन्द्रमा ३ सय २६ मिलिमिटर वर्षा मापन भएको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार गएको १२ घण्टामा ३ सय ९ मिलिमिटर वर्षा भएको छ । २४ घण्टामा १० मिलिमिटर वर्षा हुनुलाई हल्का वर्षा मानिन्छ ।

Advertisement

यस्तै, १० देखि ५० मिलिमिटरलाई मध्यम, ५० देखि १ सय मिलिमिटर वर्षालाई ठूलो र एक सयभन्दा बढी मिलिमिटर वर्षा हुनुलाई अति ठूलो वर्षा भनिन्छ । अहिले पनि कास्कीसहित देशका धेरै ठाउँमा पानी परिरहेको छ।

आज प्रदेश(१, मधेस प्रदेश, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

More News last news
Loading...