आज झन् घट्यो सुन, तोलाको कति ?

काठमाडौँ । आज साताको चौथो दिन (बुधबार) नेपाली बजारमा सुनको भाउ झन् घटेको छ । मंगलबारको तुलनामा आज सुन प्रतितोला २०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन घटेर प्रतितोला ९४ हजार रुपैयाँमा तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९४ हजार २ सय र तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

यस्तै, आज चाँदीको मूल्य भने थोरै बढेको छ । आज चाँदी तोलाको १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार १५० रुपैयाँमा किनबेच भएको थियो ।

More News last news
Loading...