काठमाडौँ । आज (सोमबार) नेपाली बजारमा सुनको भाउ घटेको छ। आज छापावाल सुन घटेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज तेजावी सुनको भाउ ९३ हजार ९ सय रुपैयाँ रहेको छ।
यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो (आइतबार) छापावाल सुन प्रतितोला ९४ हजार ५ सय, तेजावी सुन ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
