काठमाडौँ । आज साताको पाँचौ दिन अर्थात बिहीबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ। बुधबारको तुलनामा सुन आज तोलामा १००० रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज सुनसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
