काठमाडौँ । आज साताको चौँथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ ।
मंगलबारको तुलनामा सुन आज तोलामा २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन ९३ हजार ८ सय र तेजावी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज सुनसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
