‘मेरी बास्सै’को निर्देशकमा दिवाकर भण्डारी (सापटी काका)

काठमाडौँ । लोकप्रिय हाँस्य कलाकार दिवाकर भण्डारी (सापटी काका) हाँस्य शृखला ‘मेरी बास्सै’को निर्देशकमा अनुबन्धित भएका छन् । झण्डै २ वर्षदेखि ‘मेरी बास्सै’को कथा लेख्दै र मूख्य सहायक निर्देशकको रुपमा काम गर्दै आएका भण्डारीले ७६४ औँ शृखलाबाट निर्देशनको मोर्चा सम्हालेका हुन् ।

यसअघि, उक्त शृखला कलाकार दमन रुपाखेतीले निर्देशन गर्दै आएका थिए । रुपाखेती बाहिरीयसँगै कलाकार समेत रहेका भण्डारीले निर्देशनमा जम्प हानेका हुन् ।

Advertisement

५२ सालमा ‘धुन’ नामक टेलिफिल्मबाट कलाकारिता यात्रामा लागेका भण्डारीेले यहि क्षेत्रमा साढे २ दशक बिताएका छन्। ‘धुन’पछि भण्डारीले १३ वटा चलचित्र र ८ वटा टेलि शृखलामा काम गरिसकेका छन् ।

उनी, नेपाली कलाकारिता क्षेत्रमा बहुमूखि प्रतिभाका धनी भनेर चिनिन्छन् । भण्डारी अभिनयसँगै लोक दोहोरी गीतका गायक पनि हुन् । उनले हालसम्म ९ वटा दोहोरी गीत बजारमा ल्याइसकेका छन् भने मूख्यगरी १५ वटा म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

उनले खिचडी, गडबडी, पुतली, खासखुस लगायत दर्जनौं हाँस्य टेलिचलचित्र, चिनो, राज, मेरी गंगा, नाइ नभन्नु ल-२, हाँसीदेउ १ फेर लगायत दर्जनौँ नेपाली कथानक चलचित्रहरुमा काम गरिसकेका छन्। कलाकारिताको प्यासले जन्मभूमी पोखरा छोडेर राजधानी काठमाडौँ हानिएका उनी स्टेज कार्यक्रम तथा म्युजिक भिडियोमा समेत आफ्नो कुशल अभिनय दिएर लाखौ दर्शकको मन मुटुमा बसिसकेका छन्।

नवनियुक्त निर्देशक भण्डारीले, हाँस्य टेलिचलचित्र “मेरी बास्सै” लाई पहिले जस्तै माया गरिदिनु हुन पनि सम्पूर्ण दर्शक समक्ष आग्रह गरेका छन्। उनले भनेका छन्, “हामीलाई पहिला जस्तै माया गरिदिनुहोला । राम्रो लाग्दा ताली, नराम्रो लाग्दा गाली र सल्लाह सुझाब दिनुहोला l हामी त्यसलाई शिरोधार्य गर्दै अघि बढ्ने प्रण गर्दछौँ ।”

More News last news
Loading...