आज (मंगलबार) घट्यो सुन, चाँदी पनि खस्कियो

काठमाडौँ । आज साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

सोमबारको तुलनामा सुन आज तोलामा २ सय रुपैयाँले घटेको हो ।

Advertisement

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९३ हजार ८ सय रुपैयाँमा झरेको छ । आज तेजावी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज सुनसँगै चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...