काठमाडौँ । आज साताको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ।
आइतबारको तुलनामा सुन आज तोलामा ४ सय रुपैयाँले बढेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ पुगेको छ। आज तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
