काठमाडौँ । आज साताको छैटौँ दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ ।
हिजो तोलाको ९४ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज तेजावी सुन पनि घटेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर आज १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
