ह्वातै घट्यो कुखुराको मासु, केजीको कति ?

काठमाडौँ । कुखुराको मासु एक महिनाको बीचमा प्रतिकिलो एक सय रूपैयाँभन्दा बढीले घटेको छ।

एक महिना अघि प्रतिकिलो चार सय ५० रूपैयाँमा बिक्री भएको मासु हाल तीन सय ४५ रूपैयाँमा बिक्री भइरहेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए।

Advertisement

पछिल्लो समय मागभन्दा बढी कुखुरा उत्पादन भएकाले मूल्य घटेको उनले बताए। ‘अहिले उत्पादन धेरै छ। उत्पादन बढेपछि मूल्य घट्नु स्वभाविक हो,’ उनले भने।

More News last news
Loading...