लगातार घटदै सुनको भाउ, कति घट्यो आज ?

काठमाडौँ । साताको तेस्रो दिन आज (बुधबार) पनि सुन चाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

अघिल्लो दिन सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ र चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँ रहेको छ ।

यसर्थ, आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो।

More News last news
Loading...