ब्रह्मारुपासहित लेखनाथका ४ सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण

पोखरा । पोखरा महानगरपालिकाकाले चारवटा सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ। पोखरा महानगरका मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङले संयुक्त रुपमा बस हस्तान्तरण
गरेका हुन् ।

पोखरा महानगरलले विद्यालयहरुलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो भने विद्यालयहरुले ५० प्रतिशत लगानी गरेर लेखनाथका चार सामुदायिक विद्यालयले स्कुल बस खरिद गरेका हुन् ।

Advertisement

ब्रह्मारुपा मा.वि पोखरा ३२, जनप्रकाश मा.वि. पोखरा २९, अमरसिद्ध नमुना मा.वि. पोखरा ३१, त्रिभुवन शान्ति नमुना मा.वि. पोखरा ३० ले विद्यालय वस पाएका हुन् ।

सरकारीमा विद्यार्थी संख्या घट्दै गएपछि उनीहलाई आकर्षित गर्न बस सञ्चालन गरिएको हो ।

More News last news
Loading...