काठमाडौँ । आज साताको दोस्रो दिन (सोमबार) नेपाली बजारमा सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआइतबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार घटेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजावी सुन प्रतितोलामा ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, सुनको मूल्य घटेपनि चाँदीको भाउ भने स्थिर छ । आइतबार चाँदी प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
