काठमाडौँ । आज साताको छैटौँ दिन (शुक्रबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । बुधबार र बिहीबार लगातार घटेको सुनको भाउ आज भने स्थिर बसेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्य यथावत छ ।
आज तेजावी सुन प्रतितोलामा ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, सुनको मूल्य यथावत भएपनि चाँदी भने घटेको छ । बिहीबार चाँदी घटेर प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी आजको तुलनामा १० रुपैयाँले महँगो थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
