आज झन् घट्यो सुन, तोलाको कतिमा झर्यो ?

आज साताको पाँचौ दिन (बिहीबार) नेपाली बजारमा सुनको भाउ झन् घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि १४०० सय रुपैयाँले घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ।

Advertisement

आज तेजावी सुन प्रतितोलामा ९४हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने बिहीबार बढेको छ । बिहीबार चाँदी बढेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

More News last news
Loading...