कांग्रेस उपसभापति खड्का स्याङ्जा आउने

स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्का स्याङ्जा आउने भएका छन् ।

असार २३ गते (मंगलबार) जिल्ला कार्यसमिति स्याङ्जाको आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुन स्याङ्जा आउने कार्यक्रम तय भएको जिल्ला सभापति राजु थापाले नयाँपुस्तालाई बताए ।

Advertisement

जिल्ला कार्यसमिति स्याङ्जाले स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेसको तर्फबाट विजयी भएका जनप्रतिनिधिलाई सम्मान एवं अभिमुखीकरणको कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम पुतलीबजार नगरपालिका वडा नं १ स्थित सिटीहलमा हुने छ ।

यस्तै गत असार १९ गते बसेको जिल्ला कार्यसमितिको बैठकले मतदाता नामावलीमा नाम छुट भएकाहरुलाई तत्काल नाम दर्ता गराउन र बर्षायाममा हुन सक्ने दैवी, प्रकोपका घटना न्यूनीकरणका लागि भातृ एवं शुभेच्छुक संस्थालाई सक्रियतामा लाग्न समेत निर्देशन दिईएको सभापति थापाले बताए ।

More News last news
Loading...