भारतबाट साइकलमै हुने रहेछ यतिठुलो कारोबार, आलुको बोरा हेर्दा प्रहरी नै चकित

धनुषा । भारतबाट बोरामा आलुसँगै ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँ मंगलबार सशस्त्र प्रहरीले बरामद गरेको छ।

धनुषाको जनकनन्दनी गाउँपालिका-१ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले बताए ।

Advertisement

ज७प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको कटुवालले बताए ।

बरामद रकम र पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।

More News last news
Loading...