काठमाडौँ । आज साताको पाँचौ दिन अर्थात (बिहीबार) नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ । आज सुन तोलामा २०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार छापावल सुनको भाउ ९७ हजार ३ सय रुपैयाँ रहेको थियो ।
आज तेजावी सुनको भाउ पनि बढेर प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज सुनको बढेपनि चाँदीको मूल्यमा भने थोरै गिरावट आएको छ । आज चाँदीको भाउ भने प्रतितोला १ हजार २५० रुपैयाँ तोकिएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
केही महिनादेखि रुस र युक्रेन युद्धका कारण अन्तराष्ट्रिय बजारमा चरम उत्कर्षमा पुगेको सुनको भाउ केही दिनदेखि भने बिस्तारै आरालो गति लिन थालेको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
