काठमाडौँ । आज साताको चौँथो दिन अर्थात (बुधबार) नेपाली बजारमा सुनको ओरालो लागेको छ । आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। मंगलबार छापावल सुनको भाउ ९७ हजार ७ सय रुपैयाँ रहेको थियो ।
आज तेजावी सुनको भाउ पनि घटेर प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँ तोकिएको छ । आइतबार, सोमबार र मंगलबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
केही महिनादेखि रुस र युक्रेन युद्धका कारण अन्तराष्ट्रिय बजारमा चरम उत्कर्षमा पुगेको सुनको भाउ केही दिनदेखि भने बिस्तारै आरालो गति लिन थालेको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
