जिसस स्याङ्जाको प्रमुखमा कांग्रेसका श्रीप्रसाद जि.टी.

स्याङ्जा । जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा नेपाली कांग्रेसका श्रीप्रसाद जि.टी. चयन भएका छन्।

गोलाप्रथाबाट जिसस प्रमुख आफ्नो पोल्टामा पारेसँगै नेपाली कांग्रेस स्याङ्जाले श्रीप्रसाद जि.टी. लाई समन्वय प्रमुख बनाउन सिफारिस गरेको हो।

Advertisement

पार्टीमा लामो समयसम्म संघर्ष गरेको पार्टीप्रति उनले देखाएको योगदानको कदर गर्दै जिल्ला समन्वयमा पठाउने निर्णय गरेको स्याङ्जा कांग्रेसले जनाएको छ।

नेपाली कांग्रेस स्याङ्जाका पूर्व पार्टी सभापति समेत रहेका जि.टी. नेबिसंघ स्याङ्जाका संस्थापक सभापति समेत हुन् । प्रजातन्त्र स्थापनाका लागि पटक-पटक जेलजीवन बिताएका जि.टी. ले नेपाली कांग्रेसका नेता वी.पी. कोइरालासँगै मुद्दा समेत खेपेका थिए।

यस्तै, कांग्रेसले तीन सदस्यमा नेमबहादुर राना, गीता खाण र सरस्वती बगाललाई सिफारिस गरेको छ । शनिबार दिउँसो गोलाप्रथाबाट गरिएको भागवण्डामा जिल्ला समन्वय समिति स्याङजाको प्रमुख सहित ३ सदस्य नेपाली कांग्रेसले आफ्नो पोल्टामा पारेको थियो।

उपप्रमुखसहित ४ सदस्य नेकपा एमालेको भागमा परेको छ । ११ वटा स्थानीय तह रहेको स्याङ्जामा प्रमुख र उपप्रमुख २२ जनामध्ये कांग्रेस र एमालेले ११-११ सिट जितेपछि गोलाप्रथाबाट भागवण्डा गरिएको हो।

More News last news
Loading...