काठमाडौैँ । आज साताको पाँचौ दिन अर्थात (बिहीबार) नेपाली बजारमा सुनको भाउ ५ सय रुपैयाँले बढेको छ ।
हिजो तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ९८ हजार रुपैयाँ पुगेको हो ।
यस्तै आज तेजावी सुन पनि बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
