पोखरा । जिल्ला बालअधिकार समिति, स्याङ्जाको अध्यक्षमा विज्ञान भण्डारी नियुक्त भएका छन् ।
शिक्षा, संस्कृति, बिज्ञान तथा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको गत जेठ २० गते बसेको प्रदेशस्तरीय मन्त्रिपरिषद्को निर्णय अनुसार पुतलीबजार नगरपालिका वडा नं १४ निवासी भण्डारी स्याङ्जा जिल्ला अध्यक्षमा नियुक्त भएका हुन् ।
उनलाई गण्डकी प्रदेशमा वालवालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७८ को दफा ४२ को उपदफा (१) खण्ड (क) वमोजिम नियुक्त गरिएको हो ।
भण्डारी नेपाली कांग्रेस र कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा आवद्व भई राजनीतिमा सक्रिय छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
