आज (मंगलबार) झन् घट्यो सुन

काठमाडौँ । साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

शुक्रबार तोलाको ९८ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला ६ सय रुपैयाँ घटेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Advertisement

आज तेजावी सुन पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भईरुरहेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी हिजो तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको छ।

More News last news
Loading...