काठमाडौं l काठमाडौंको टेकुस्थित कनक ट्रेड सेन्टर पेट्रोल पम्पमा विष्फोट भएको छ । प्रहरीका अनुसार आइतबार भएको विष्फोटमा परी दुईजना घाइते भएका छन् ।
मट्टितेल राखेर खाली भएको ट्यांकी वेल्डिङ गर्ने क्रममा त्यसभित्र रहेको ग्यास निस्किँदा विष्फोट भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख सुदिप गिरीले बताए ।
गिरीका अनुसार विष्फोटमा परी घाइते भएका दुईजनाको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
