एलजीबीटीलाई समर्थन गर्ने ट्वीटको विरोधमा कुवेतले बोलायो अमेरिकी कूटनीतिज्ञ

कुवेत l कुवेतले अमेरिकी दूतावासबाट एलजीबीटीको अधिकारलाई समर्थन गर्ने ट्वीटको विरोधमा एक शीर्ष अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

कुवेतस्थित अमेरिकी अधिकारीहरूले इन्द्रधनुष झण्डा र ‘प्राइड’ महिनाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनको एैक्यबद्धताको सन्देश पोस्ट गरेका थिए ।

Advertisement

तर, ‘समलैंगिकतालाई समर्थन गरेको’ भन्दै कुवेतका अधिकारीहरूले दूतावासको आलोचना गर्नुका साथै यस्ता कार्य फेरि नदोहो-याउन माग गरेको विदेश मन्त्रालयले जनाएको छ ।

कुवेतमा एलजीबीटीका अधिकारमाथि प्रतिबन्ध छ र त्यहाँ पुरुषहरूलाई समलिंगी हुन अवैध मानिन्छ ।

बिहीबार अंग्रेजी र अरबीमा प्रकाशित ट्वीटमा कुवेतमा अमेरिकी दूतावासले राष्ट्रपति बाइडेनलाई उद्धृत गर्दै भनेको छ, ‘सबै मानिसहरू जो कोही भए पनि वा कसैलाई माया गरे पनि बिनाडर बाँच्न सक्षम हुनुपर्छ ।’

More News last news
Loading...