अब शुन्दर नगरी पोखराको सराङकोटमा पनि अपार्टमेन्ट सुविधा

रिजन नेपाल

पोखरा l पोखराको सुन्दरतामा रमाउन चाहनेहरुका लागि सराङकोटमै अपार्टमेन्ट सुविधा दिइएको छ । सुन्दर, शान्त र मनोरम वातावरणमा जीवन बिताउन चाहनेलाई जय भद्रकाली डेभलपर्स प्रा.लि.ले सो सुविधा दिएको हो । जसको अहिले धमाधम बुकिङ भइरहेको कम्पनी संचालक रोशन केसी बताउँछन् ।

Advertisement

रोशन उनै स्व. सूर्यबहादुर केसीका कान्छा छोरा हुन् । केसी ग्रुप र केयल ग्रुप मिलेर पोखरा–१८, सराङकोटको पदेंलीमा ३ वटा टावरमा १ सय २६ ओटा सुविधासम्पन्न अपार्टमेन्ट निर्माण गरिरहेका छन् । केसी ग्रुपको तर्फबाट सूर्य बहादुरका ३ छोराहरुमध्ये जेठा प्रकाश, माहिला किरण र कान्छा रोशन सहित केयल ग्रुपतर्फबाट सत्यनारायण केयलले सूर्योत्थान लक्जरी अपार्टमेन्टमा लगानी गरेका हुन् ।

जसको अनुमानित लागत डेढ अर्ब छ । अबको ३६ महिनामा निर्माण सम्पन्न हुने अपार्टमेन्टमा विभिन्न सुविधा रहने सेल्स एण्ड मार्केटिङ म्यानेजर तेज बानियाँले जानकारी दिए । जय भद्रकाली डेभलपर्स प्रालिले अपार्टमेन्ट बुकिङ गरिसकेका तथा इच्छुकहरुलाई हालै निर्माणस्थल भिजिटसमेत गराएको छ ।

जसमा पोखरा, काठमाडौं लगायत देशका प्रमुख सहरका व्यावसायिक घराना, व्यवसायी, इच्छुक व्यक्तिहरुको उल्लेख्य सहभागिता थियो । उनीहरु पोखरा बजारदेखि मात्र ७ किमी (मोटरयात्रामा मात्र १० मिनेट) मै पुग्न सकिने सो मनोरमस्थल पुगेपछि त्यहाँबाट देखिने सुन्दरतामा रमाएका थिए ।

उत्तरमा हिमश्रृंखलाहरु माछापुच्छ्रे, अन्नपूर्ण, मनाश्लु, धौलागिरि, तल पारेर देखिने सुन्दर पोखराको बजार, फेवाताल, रानीबन लगायतको सुुन्दरताले अपार्टमेन्ट बुकिङमा अझ आकर्षित थिए ।

१८ रोपनीमा ३ टावर (ए, बि र सी) निर्माण हुने अपार्टमेन्ट १ देखि ३ बेड आधारमा फरक–फरक हुने छन् । जसमा किचन, डाइनिङ हल, लिभिङ रुम, ट्वाइलेट, बाथरुम हुनेछ । अपार्टमेन्ट खरिदमा प्रति स्क्वायर फुट १५ हजार पर्ने कम्पनीले जनाएको छ ।

हालसम्म फाउन्डेसनको काम भइरहेको छ । करिब १५ प्रतिशत निर्माण पूरा भइसकेको अर्का संचालक किरण केसीले बताए । सो क्षेत्रमा सुविधासम्पन्न होटल पनि निर्माण गर्ने कम्पनीको योजना छ ।

सानोमा बुवा र दाजुहरुसँग सराङकोट घुम्न त्यहीको सुन्दरतामा सधैं रमाउन चाहने बालकपनको रहर अहिले आफ्नोमात्र नभै सबैको लागि पूरा गर्न सकेकोमा खुसी लागेको कम्पनीका अध्यक्ष समेत रहेका रोशन केसीले बताए ।

More News last news
Loading...