कोटेश्वर र बानेश्वरमा अण्डरपास, देशभरका यी सडक बन्नेछन् विश्वकै आकर्षक

काठमाडौं । काठमाडौंको कोटेश्वर र नयाँ बानेश्वरमा अण्डरपास निर्माणको काम सुरु गरिनेछ । अर्थमन्त्री जनार्दन शर्माले हुलाकी राजमार्गका लागि ६ अर्ब सात करोड रुपैयाँ रकम छुट्याइएको पनि जानकारी दिनुभयो ।

कालोपत्र हुन बाँकी जिल्ला सदरमुकाम पुग्ने सडकका लागि रकम विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा ८ सय किलोमिटर सडक सञ्जाल विस्तार हुनेछ ।

Advertisement

पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने कार्यलाई तीव्रता दिइने पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार मदनभण्डारी राजमार्गका लागि दुई अर्ब ९१ करोड विनियोजन पूर्वपश्चिम राजमार्ग विस्तारका लागि ३० अर्ब ५० करोड विनियोजन गरिएको छ ।

नेपाललाई सडक मानव मुक्त राष्ट्र बनाइने पनि उहाँले स्पष्ट पार्नुभयो । अर्थमन्त्री शर्माका अनुसार काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा पूरा गर्नेगरी मार्ग निर्माण गरिनेछ ।

More News last news
Loading...