बेपत्ता जहाजमा एकै परिवार ८ जना सदस्य‚ अरू को को ? (सूचिसहित)

पोखरा l पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङस्थित टिटी डाँडातिर दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ । जहाजमा चालक दलका सदस्यसहित २२ जना रहेका खुलेको छ । जसमा चालक दल तीन सदस्यसहित १६ नेपाली, चार भारतीय र दुई जर्मनी छन् ।

विमानमा सवार ८ जना तामाङहरू एउटै परिवारका भएको खुलेको छ । इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, वसन्त लामा, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ सवार रहेका छन् ।

Advertisement

उनीहरू हिजै मुस्ताङ घुम्नका लागि पोखरा गएको पारिवारिक स्रोतले जनाएको छ । पारिवारिक स्रोतका अनुसार बिहान ९ बजेर ३२ मिनेटसम्म परिवारका सदस्यहरूसँग सम्पर्क भएको तर जहाज उडेपछि सम्पर्कविहीन भएको बताएका छन् । परिवारमा अहिले तनावग्रस्त भइरहेको छ । जनकपुर निवासी उनीहरु हाल माकलबारी काठमाडौंमा बसोबास छन् ।

चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । त्यस्तै विदेशी नागरिक मेइक ग्रीटग्राफ, बान्देकर वैसवी, वी विलनर सवार थिए ।

त्यस्तै गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ‚ प्रकाश सुनुवार, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, पनि जहाजमा रहेको खुलेको छ ।

पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन बनेको थियो । लेतेबाट धौलागिरि हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकले जनाएका छन् । लेतेनजिकै टिटी डाँडामा ठूलो आवाज आएको सूचना स्थानीयले दिएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

जहाज खोज्न जोमसोमबाट हेलिकोप्टर उडिसकेको बताइएको छ । उक्त जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए ।

More News last news
Loading...