काठमाडौँ । साताको छैटौँ दिन अर्थात आज (शुक्रबार) सुनको भाउ फेरि बढेको छ । आज प्रतितोला २ सय रुपैयाँ बढेर छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा पुगेको छ ।
हिजो तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज २ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा पुगेको हो।
आज तेजावी सुनको भाउ पनि बढेर प्रतितोला ९७ हजार ५०० रुपैयाँ तोकिएको छ ।
सुनसँगै आज चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा पुगेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
