तनहुँ । लायन्स क्लब अफ तनहुँ खैरेनीटारको अध्यक्षमा लायन नारायण प्रसाद पोख्रेल निर्बाचित भएका छन् । लायन्स क्लब अफ तनहुँ खैरेनीटारको आज सम्पन्न चौथो अधिवेशनबाट पोख्रेलको अध्यक्षतामा बर्ष २०२२-२३ का नयाँ कार्यसमिति चयन भएको हो ।
प्रथम उपाध्यक्षमा प्रमोद लामिछाने ,द्धितिय उपाध्यक्षमा श्रीराम सुवेदी, तृतीय उपाध्यक्षमा महेश्वर बस्नेत सचिवमा सुरेन्द्र श्रेष्ठ, सहसचिवमा प्रकाश ढकाल, क्लब प्रशासकमा सुन्दर बस्याल चयन भए । यस्तै कोषाध्यक्षमा शेषकान्त पौडेल र सह कोषाध्यक्षमा बलबहादुर श्रेष्ठ निर्वाचित भए ।

कार्यक्रममा लियो क्लब अफ दुलेगौंडा खैरेनीटार मञ्चमा प्रज्वल गुरूङको अध्यक्षतमामा नयाँ कार्यसमिति चयन गरिएको थियोे क्लब १४ का क्लस्टर चिफ सन्तोष घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम क्लबका अध्यक्ष पिताम्बर तिमिल्सिनाले गरेका थिए ।
लायन्स क्लब अफ तनहुँ खैरेनीटारले यो वर्ष नम्रताका साथ परिवर्तन नारामा रहि विभिन्न सामाजिक कार्य गर्ने नवनिर्वाचित अध्यक्ष पोख्रेलले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
