प्रदीप पौडेलको गृह पालिकामा भारी मतले कांग्रेस विजयी, कुन वडामा को ?

तनहुँ । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलको गृह पालिकामा नेपाली कांग्रेस भारी मतले विजयी भएको छ ।तनहुँको शुक्लागण्डकी नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार भारी मतले कांग्रेस माओवादीका उमेद्वार निर्वाचित भएका हुन् ।

मेयरमा नेपाली कांग्रेसका कृष्णराज पण्डित र उपमेयरमा नेकपा माओवादी केन्द्रका खुमबहादुर वि.क. (राजु) निर्वाचित भएका हुन् । पण्डितले १२ हजार २६३ र विकले १० हजार २६२ मत प्राप्त गरे ।

Advertisement

मेयरका उम्मेदवार नेकपा एमालेका मुक्ति तिम्सिनाले नौ हजार ८४० मत प्राप्त गरे । उपमेयरमा एमालेकी फुलमाया वाग्लेले नौ हजार ९५७ मत पाइन् । मेयरमा दुई हजार ४२३ र उपमेयरमा ३०५ मतान्तर रह्यो ।

शुक्लागण्डकी नगरपालिकामा ६७.८५ प्रतिशत मत खसेको थियो । ३८ हजार ३१५ मतदाता रहेकोमा २५ हजार ९९७ जनाले मात्र मतदान गरेका थिए ।

अघिल्लो पटक नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेले जित हांसिल गरेका थिए । यसपटक उपमेयर पनि गुमाएको एमालेले साविकमा जितेको एक वडा समेत गुमाएको छ । एमालेले यसपाली छ वडामा वडाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले पाँच र नेकपा माओवादी केन्द्रले एक वडामा वडाध्यक्ष जितेका छन् । कांग्रेसले यसअघिको स्थानीय तहको निर्वाचनमा जम्मा तीनवटा वडा र माओवादीले दुई वडा जितेका थिए।

शुक्लागण्डकी नगरपालिकाको नगरसभामा नेकपा एमालेले बहुमत सदस्य जितेको छ । ३५ नगरसभा सदस्य एमालेले जितेको हो । यस्तै कांग्रेसले मेयर सहित २४ नगरसभा सदस्य र माओवादी केन्द्रले उपमेयर सहित तीन नगरसभा सदस्य जितेको छ ।

कुन वडामा को विजयी ?

शुक्लागण्डकी–१ मा कांग्रेसका रविचन्द्र पौडेलको प्यानल विजयी छ । वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका सुमनबहादुर राना मगरले जित्दा चार वडा सदस्य एमालेले जितेको छ । वडा नम्बर ३ को अध्यक्षमा कांग्रेसका सचिन भुजेल सहित प्यान विजयी भएको छ । ४ मा नेपाली कांग्रेसका राजकुमार वाग्ले निर्वाचित भए । राजकुमारले प्यानलै विजयी भएको हो ।

वडा नम्बर ५ को अध्यक्ष नेकपा एमालेका दीर्घबहादुर थापा प्यानल सहित विजयी भए । ६ मा नेकपा एमालेका बुद्धिबहादुर थापा प्यानल सहित विजयी भए । वडा नम्बर ७ मा कांग्रेसका खड्कसिंह थापा विजयी भए । वडा सदस्यमा एक जना कांग्रेस र तीन जना एमालेका विजयी भए ।

वडा नम्बर ८ मा एमालेका नारायणसिंह थापा विजयी भए । कांग्रेसका दुई र एमालेका दुई वडा सदस्य विजयी भएका छन् । वडा नम्बर ९ को वडाध्यक्षमा नेकपा एमालेका बाबुराम पुलामी सहित प्यानल विजयी भयो ।

वडा नम्बर १० को वडाध्यक्षमा माओवादी केन्द्रका राजेन्द्र भट्टराई क्षेत्री विजयी भए । वडा सदस्य एमाले र कांग्रेसका दुई–दुई जना विजयी भएका छन् । वडा नम्बर ११ को वडाध्यक्षमा सालिकराम भट्टराई विजयी भएका छन् । वडा सदस्यमा दुई जना एमाले, कांग्रेस र माओवादीका एक/एक जना विजयी भए । वडा नम्बर १२ मा नेकपा एमालेका इन्द्र गुरुङ सहित उनको प्यानल विजयी भएको हो ।

कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका पौडेलको गृह पालिका शुक्लागण्डकीमा अघिल्लो स्थानीय तह निर्वाचनको परिणाममा उल्लेख्य सुधार गरेको कांग्रेसको यो परिणामलाई अब हुने संघीय र प्रदेश निर्वाचनको पूर्व संकेतको रुपमा हेरिएको छ ।

यो समाचार तयार पार्दासम्म कांग्रेसले २३० पालिका प्रमुखमा जित निकालेर सबैभन्दा ठुलो दल बनेको छ भने मतगणना जारी रहेका मध्ये ८६ पालिकामा अग्रता लिइरहेको छ ।

More News last news
Loading...