काठमाडौँ । स्याङ्जाको पुतलीबजार नगरपालिकामा एमालेको गढ भत्काउँर्दै पहिलो पटक नेपाली कांग्रेस विजयी भएको छ ।
२०५४ सालमा स्थापना भएको पुतलीबजार नगरपालिकामा एकछत्र राज गर्दै आएको नेकपा एमालेको गढ नेपाली कांग्रेसले भत्काएको हो । एमालेको गढ भत्काउँदै नगर प्रमुखमा नेपाली कांग्रेसका तुलसी रेग्मी र उपमेयरमा देवी अर्याल विजयी भएकी हुन् ।
रेग्मी नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ का क्षेत्रीय सभापति समेत हुन् । नगरपालिका स्थापना भएपछि निरन्तर एमाले वर्चस्व कायम राख्दै आएको यस नगरमा नेपाली कांग्रेसको यो नै पहिलो जित हो ।
रेग्मीले १२ हजार ४ सय ९४ मत पाउँदा नेकपा एमालेबाट उम्मेदवार रहेकी सिमा कुमारी क्षेत्रीले १० हजार ९० मत पाईन् । यस्तै उपमेयरमा अर्यालले ११ हजा, ७ सय ४८मत पाउँदा एमालेका महेश पुरीले १० हजार ७ सय ६१ मत पाए । रेग्मी २ हजार ४ सय ४ मतान्तरले विजयी हुँदा अर्याल ९८७ मतान्तरले विजयी भईन्।
गत २०७४ को स्थानीय तह निर्वाचनमा क्षेत्रीले रेग्मीलाई पराजीत गर्दै प्रमुखमा निर्वाचित भएकी थिईन् भने उपमेयरमा पुरीले कांग्रेसकी हिरादेवी शर्मालाई पराजीत गरेका थिए ।
गत निर्वाचनमा १४ वडामध्ये ४ वडामा मात्र कांग्रेस विजयी भएको थियो । यसपटक वडामा समेत कांग्रेसले आफ्नो वर्चस्व कायम गर्दै १४ वडामध्ये ९ वडामा विजयी हुँदा एमाले ५ वडामा खुम्चियो ।
कांग्रेसका तर्फबाट पुतलीबजार वडा नं १ मा उत्तम प्रसाद श्रेष्ठ, ३ मा राजेन्द्र प्रसाद श्रेष्ठ, ४ मा शिव बहादुर थापा, ५ मा अर्जुन कुमार कार्की, ७ मा कृष्ण बहादुर आले, ८ मा इम बहादुर सेन, १० मा अग्नी प्रसाद पौडेल, ११ मा मनोज पौडेल र १४ मा जितेन्द्र प्रकाश मल्ल विजयी भए ।
यस्तै नेकपा एमालेका तर्फबाट वडा नं २ मा भिम बहादुर गुरुङ, ६ मा खेमबहादुर गुरुङ, ९ मा लिलप्रसाद गुरुङ, १२ मा गञ्ज सिंह गुरुङ र १३ मा जुद्व बहादुर थापा मगर विजयी भए ।
लामो समयसम्म एमाले नगरमा विजयी हुँदा उल्लेखनीय कार्य केही नगरेको खाली भष्ट्राचारमा लिप्त भएको भन्दै नगरबासी आक्रोशित थिए ।
पुतलीबजार नगर नेपाली कांग्रेस सभापति राजु थापा र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको समेत गृह नगर हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
