बर्राचौरमा कांग्रेसले रच्यो इतिहास, ४६ वर्षपछि पौडेलले जीते वडा अध्यक्ष !

पर्वतको विहादी गाउँपालिका वडा नं २ मा नेपाली कांग्रेस विजयी भएको छ । नेकपा एमाले उम्मेदवार रामप्रसाद पराजुलीलाई ९४ मतले पराजित गर्दै कांग्रेसका गणेश शर्मा पौडेलले शानदार जीत निकालेका हुन् ।

कांग्रेसका निवर्तमान वडा अध्यक्ष पाका नेता बिचारी हरिप्रसाद पराजुलीले यो वडामा कांग्रेसले ४६ वर्षपछि नेतृत्व हत्याउन सफल भएको बताएका छन् । पञ्चायती कालमा २०३३ सालमा प्रजातान्त्रिक व्यक्तिले साबिकको बर्राचौर गाबिस अध्यक्ष जिते यता हरेक चुनाबमा कम्युनिष्ट हाबी हुँदै आएकोमा शर्माको नेतृत्वमा आफुहरु इतिहास रच्न सफल भएको पराजुलीले बताए ।

Advertisement

वडा अध्यक्ष चुनिएका पौडेलले ५ सय ५५ मत प्राप्त गर्दा पराजुलीले ४ सय ६१ मत प्राप्त गरे । उक्त वडामा जम्मा ११ सय ८५ मत खसेको थियो । स्थानीय आम्बारी माबीका प्रधानाध्यापक रहेका पौडेलले प्रधानाध्यापक पदबाट राजीनामा दिएर अध्यक्षमा उम्मेदवारी दिएका थिए

सदस्यतर्फ गठबन्धनका तर्फबाट कांग्रेसका कृष्ण पुरी र नेकपा माओवादी केन्द्रका ज्ञानु गिरी विजयी भएका छन् भने महिला सदस्य र दलित महिला सदस्यमा अन्तिम पटक सुनाइएको परिणाममा अप्रत्याशित नतिजा निकाल्दै एमालेका सुकमाया गुरुङ र यमकला नेपाली विजयी भएका छन् । कांग्रेसकी सुशिला नेपाली महिला सदस्यमा ८ मतले पछि परिन् । दलित महिलामा नेपालीली माओवादी केन्द्रकी जमुना सुनारलाईपछि पारिन् ।

विहादी गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका परवीन गुरुङ र एमालेका ओमप्रसाद कुंवरबीच कडा टक्कर देखिरहेको छ । २ वडा गणना हुँदा गुरुङ झिनो मतले अगाडि छन् । हाल ३ नं वडाको गणना जारी छ । कांग्रेसका हरि न्यौपानेले सुरुवाती अग्रता कायम गरेका छन् ।

More News last news
Loading...