पूर्वमन्त्री गोपालमानको वडामा कांग्रेसको प्यानल नै विजयी

स्याङ्जा । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठको वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

नेकपा एमालेका उम्मेदवार अमृत श्रेष्ठलाई हराउँदै कांग्रेसका राजेन्द्र श्रेष्ठको प्यानल नै विजयी भएको हो । राजेन्द्रले १३७३ मत पाउँदा अमृतले ११०६ मत मात्र पाए ।

Advertisement

कांग्रेसको कमजोर मानिएको वडामा यसपटक चुनावी परिणाम उल्टाउँदै कांग्रेसले झण्डा गाडेको हो ।

अमृत यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा विजयी भएका थिए तर उनले वडाको विकासका लागि केहि काम नगरेको भन्दै वडाबासी रुष्ट बनेका थिए ।

More News last news
Loading...