स्याङ्जा । स्याङजाको अर्जुनचौपारी गाउँपालिकामा नेकपा एमाले निकट एक समूहले नेपाली कांग्रेस अर्जुनचौपारी गाउँपालिकाका उम्मेदवार प्रकाश तिवारीलाई आक्रमण गरेका छन्।
गएराती नेकपा एमालेको एक समूहले उम्मेदवारी लक्षित गरेर आक्रकण गरेको हो । आक्रमण गर्ने समूहको नेतृत्व अर्जुनचौपारी निवासी एमाले निकट ललित थापाले गरेका थिए ।
पूर्वमन्त्री पद्मा अर्यालको सचिवालयमा रहेर कार्य गरेका थापा सरकारी कर्मचारी समेत हुन् । आक्रमणबाट नेपाली कांग्रेस निकट रमेश रोकाहा, सरोज पौडेल, भीम सुनार, पीम गुरुङ लगायतका घाईते भएका छन् भने उम्मेदवार तिवारी सुरक्षित रहेकका छन् ।
गाउँपालिकामा कांग्रेसको बलियो प्रभाव देखेको र चुनाव हार्ने देखेपछि आफूमाथी आक्रमणको प्रयास भएको उम्मेदवार तिवारीले नयाँपुस्तालाई बताए । उनका अनुसार एमालेको सोही टोलीले बजार क्षेत्रमा खुकरी सहित तोडफोड समेत गरेका छन् ।
गत निर्वाचनमा यस गाउँपालिकामा अध्यक्ष पद नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा एमालेले जितेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
