स्याङ्जाको पुतलीबजारमा नेकपा माओवादीको समर्थन कांग्रेसलाई 

स्याङ्जा । शुक्रबार (भोली) हुने स्थानीय तह निर्वाचनमा स्याङ्जाको पुतलीबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रले प्रमुख र उपप्रमुख पदमा सत्तारुढ दल नेपाली कांग्रेसलाई सहयोग गर्ने भएको छ ।

आज नेकपा माओवादी केन्द्र पुतलीबजार नगर कमिटी इन्चार्ज नारायणप्रसाद लम्साल र नेपाली कांग्रेस पुतलीबजार नगरकार्य समितिका सभापति सुरजकुमार अधिकारीबीच यस्तो सहमति भएको हो ।

Advertisement

अब केन्द्रीय सत्तारुढ दलहरुबीच भएको गठबन्धन अनुसार माओवादीले नगरमा प्रमुख र उपप्रमुख पद निष्क्रिय बनाई नेपाली कांग्रेसलाई मतदान गर्ने छ । यता, १४ वटा वडा भएको पुतलीबजारको वडा नं ९ मा भने नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवार रहेका र १ खुला सदस्यमा भने माओवादी केन्द्रलाई कांग्रेसले समर्थन गर्नेछ । अन्य सम्पूर्ण वडाहरुमा माओवादीले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति पश्चात जारी बिज्ञप्तिमा उल्लेख छ ।


संयुक्त प्रेस बिज्ञप्तिमा हस्ताक्षर भएका लम्साल नै पुतलीबजार नगरको प्रमुखको उम्मेदवार रहेका थिए । यता, लम्सालको सहमतिप्रति नेकपा माओवादी केन्द्रका पुतलीबजार नपा अध्यक्ष मन बहादुर थापाले भने असन्तुष्टी पोखेका छन् । यसरी एकै पार्टीकाट सहमति भएको र सहमतिको खण्डमा समेत अर्को बिज्ञप्ति आउनुले नेकपा माओवादी केन्द्रको विवाद छताछुल्ल भएको छ ।

More News last news
Loading...