स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकामा नेकपा एमाले सम्वद्ध समूहले नेपाली कांग्रेसका कार्यकर्तामाथी खुकुरी प्रहार गरेका छन् ।
स्थानीय चुनाव प्रचारप्रसारको अन्तिम दिन प्रचार प्रसारलाई तीब्र रुपका प्रचार गरिरहेका बेलामा नेकपा एमाले सम्बद्ध एक समूहले कांग्रेस कार्यकर्तामाथी खुकुरीसहित आक्रमण गरेका हुन् ।
नेकपा एमालेबाट हरिनास गाउँपालिकामा उम्मेदवार रहेका खिमनारायण मानन्धरका व्यक्तिले आक्रमण गरेको नेपाली हरिनासनले दाबी गरेको छ ।
खुकरी प्रहारबाट नेपाली कांग्रेसका कार्यकर्ता हरिनास ६ का अमृत थापा, र हरिनास २ का पूर्ण बहादुर घर्ती घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि स्याङ्जा जिल्ला ल्याईएको नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेश सदस्य अजित क्षेत्री अधिकारीले नयाँपुस्तालाई जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
