पुतलीबजारका उमेद्वार रेग्मीको किसानप्रेमी एजेण्डा ‘बाँदर नियन्त्रणका लागि बिशेष योजना’

काठमाडौं । स्याङ्जाको पुतलीबजार नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले बाँदर नियन्त्रणका लागि बिशेष योजना बनाउने घोषणा गरेका छन् ।

पुतलीबजार नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार बनेका तुलसी रेग्मीले किसानहरुको प्रमुख समस्या रहेको बाँदरलाई नियन्त्रणका लागि बिशेष योजना बनाउने लगायतका घोषणा गरेका हुन् ।

Advertisement

बर्षेनी किसानहरुलाई बाँदरले किसानलाई खेती मासेर दुख दिने गरेकाले जनप्रतिनिधि भईसकेपछि जनताका हरेक काममा साथ दिनुपर्छ भनेर यस्तो घोषणा गरिएको रेग्मीले बताए ।

यसबाहेक नगरभित्र सञ्चालमा रहेका ट्याम्पो व्यवसायीको माग सम्बोधन, पटके सडक कर प्रणाली खारेज, एक वडा एक खेल मैदान, निशुल्क स्वास्थ्य बिमा, कृषकलाई सर्वसुलभ ऋण, बिशेषज्ञ सहितको अस्पताल निर्माण र एक वडा एक पक्की सडक लगायतका एजेण्डाहरु लिएर चुनावी मैदानमा रहेका छन् ।

यसअघि नेकपा एमालेले बिजयी हासिँल गरेर खासै उल्लेखनीय काम गर्न नसकेको अवस्थामा यस पटक पुतलीबजारमा रेग्मीले बिजयीको झण्डा गाड्ने अनुमान गरिएको छ । रेग्मी यसअघि नेकपा एमालेबाट उम्मेदवार रहेकी सिमा कुमारी क्षेत्रीसँग पराजीत भएका थिए । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसबाट देवी अर्याल र एमालेबाट महेश पुरी प्रतिस्पर्धामा रहेका छन् ।

More News last news
Loading...