हरिनासमा गठबन्धन उम्मेदवारको घोषणा ‘निःशुल्क स्वास्थ्य बिमा गराउँछौ’

काठमाडौं । स्याङ्जाको हरिनास गाउँपालिका अन्तर्गत सत्तारुढ गठबन्धन अन्तर्गत नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका प्रत्यासी टोपबहादुर भुजेलले आफू निर्वाचित भए पालिकाका सम्पूर्ण जनतालाई निशुल्क स्वास्थ्य विमा सुविधा उपलब्ध गराउने घोषणा गरेका छन् ।

भुजेलले आफू स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षसहित गठबन्धनको हरिनास गाउँपालिका बनेमा जनताको स्वास्थ्य पहिलो प्राथमिकता हुने बताउँदै मतदातामाझ पुगिरहेका छन् । गाउँपालिकामा यसअघि नेकपा एमालेको नेतृत्वले वार्षिक ठूलो रकम बेरुजु गरेकाले त्यही रकम नागरिकको स्वास्थ्य बिमामा खर्च गर्न सकिने उनको भनाइ छ ।

Advertisement

हरिनासको जनसंख्या करिब १७ हजार माथि छ । गाउँमा करिब ३ हजार २ सय घरधुरी छन् । यही आंकडालाई वार्षिक १ करोड १२ लाख आवश्यक पर्ने र ५ वर्षमा ५ करोड ६० लाख चाहिने बजेट पछिल्लो ५ वर्षको बेरुजु भन्दा पनि कम भएकाले कुनै समस्या नहुने उनको भनाई छ ।

यसबाहेक भुजेलले हरिनासलाई एकबर्षभित्र खरको छानो मुक्त बनाउने, हरेक घर परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने, मुल र पुराना खानेपानीका मुहान संरक्षण गर्ने र हरेक वडाहरुमा कृषि र पशु स्वास्थ्य सेवा केन्द्र स्थापना गरी युवाहरुलाई स्वरोजगार बनाउने लगायतका प्रण गरेका छन् ।

यसपटक हरिनास गाउँपालिकामा गठबन्धनका उम्मेदवार छन् । जसअन्तर्गत अध्यक्षमा कांग्रेसका तर्फबाट टोपबहादुर भुजेल र उपाध्यक्षमा माओवादी केन्द्रकी मिठु लम्साल उम्मेदवार छिन् ।

More News last news
Loading...