काठमाडौं । सुन्दर यातायातले काठमाडौं देखि पोखरा सम्म चल्ने विद्युतीय बस सार्वजनिक गरेको छ। सुन्दर यातायातले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सो बस आगामी निर्वाचन पश्चात काठमाडौं-पोखरा रुटमा संचालन गरिने छ।
सुन्दर यातायातले केही दिन पहिले नै यो बसको वारेमा जानकारी सार्वजनिक गरेको थियो । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले भने, ‘निर्वाचन पश्चात बस काठमाडौं–पोखरा रुटमा चलाइने छ ।’
थापाका अनुसार सो बस चाइनिज कम्पनी बीएकेको गुआङ अटो र कसिस ग्रुप अफ इंगल्यान्ड तथा सुन्दर यातायातको सहकार्यमा बनाइएको हो ।
सिंगल चार्जमा यसले ३२५ किलोमिटरको माइलेज दिनेछ । काठमाडौं देखि पोखरा सम्मको दुरी करिब २१० किलोमिटर भएकाले पोखरा र काठमाडौंमा मात्र चार्जिङ स्टेशन भए पनि चल्ने छ ।
यसले गर्दा हाल प्रारम्भमा यी दुई स्थानकै स्टेशनमार्फत चार्ज गरिने उनले बताए । सुन्दर यातायातले हाल काठमाडौंको रिङरोडमा विद्युतीय बस चलाइरहेको छ भने रुपन्देहीमा पनि केही दिन पहिले देखि चलाउन थालेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
