काठमाडौँ । साताको तेस्रो दिन (आज) बुधबार पनि नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन पनि प्रतितोला रु ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन पनि रु ९७ हजार २०० थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रहेको छ । चाँदी आजपनि प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
